विश्व

युरोपेली सङ्घले साइबर सुरक्षा बलियो बनाउन नयाँ कानून अपनाउने

युरोपेली सङ्घ (ई.यु.) काउन्सिलले साइबर खतरा प्रति उद्धार बनि सदस्य राष्ट्रहरू बीच बलियो साइबर ऐक्यबद्धता प्रवर्द्धन गर्ने उद्देश्यले सोमबार दुईवटा नयाँ कानून पारित गरेको छ ।

उक्त नयाँ कानूनहरू साइबर सुरक्षा विधायी प्याकेजको हिस्सा हो । यी उपायहरूले साइबर घटनाहरू विरुद्ध ई.यु.को तयारी र प्रतिक्रिया क्षमताहरूलाई सुदृढ पार्ने लक्ष्य राख्छन् ।

नयाँ नियमले राष्ट्रिय र सीमापार साइबर केन्द्रहरू मिलेर साइबर सुरक्षा चेतावनी प्रणाली स्थापना गर्ने प्रावधान पनि राखेको छ । कानूनले साइबर खतरा पत्ता लगाउन, प्रतिरोध गर्न तथा कृत्रिम बुद्धिमत्ता र उन्नत डाटा बिश्लेश्ण गर्न सघाउने अपेक्षा गरिएको छ भने स्वास्थ्य सेवा, यातायात र ऊर्जा जस्ता महत्वपूर्ण क्षेत्रमा परीक्षण क्षमतालाई पनि समर्थन गर्दछ ।

कानून निजी क्षेत्र बाट घटना प्रतिक्रिया सेवाहरू प्रदान गदै साइबर घटनामा ई.यु. सदस्य राज्य वा संस्थाको अनुरोधमा प्रयोग गर्न सकिन्छ । यस बाहेक, आपतकालीन प्रतिक्रिया प्रणालीको प्रभावकारिता मूल्याङ्कन गर्न घटना समीक्षा संयन्त्र स्थापना गरिनेछ ।

कानून आगामी हप्तामा ई.यु.को आधिकारिक जर्नलमा प्रकाशित हुनेछ भने प्रकाशनको २० दिन पछि लागू हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *