विश्व

मस्कलाई ५६ अर्ब डलरको तलब दिने प्रस्ताव अदालत द्वारा अस्वीकृत

अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका प्रमुख एलन मस्कलाई ५६ अर्ब डलर बराबरको तलब सुविधा दिने प्रस्ताव अस्वीकृत भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार डेलावेयरका एक अदालतका न्यायधीस क्याथलिन म्याककोर्मिकले मस्कलाई सो बराबरको तलब सुविधा दिने प्रस्तावलाई पुनःस्थापित गर्न अस्वीकार गरेका छन् । यही वर्षको गर्मीयाममा यो प्रस्तावलाई कम्पनीका शेयरधनी र सञ्चालक समितिका सदस्यहरूले अनुमोदन गरेका थिए ।

महिनौँ सम्मको कानूनी खिचातानी बिच अदालतको पछिल्लो निर्णय आएको हो । फैसला प्रति प्रतिक्रिया जनाउँदै मस्कले कम्पनीको मतलाई न्यायाधीसहरूले नभएर शेयरधनीहरूले नियन्त्रण गर्नुपर्ने उल्लेख गरेका छन् ।

फैसला गलत भएको भन्दै फैसला विरुद्ध पुनरावेदन अदालत जाने टेस्लाले जनाएको छ । टेस्लाले सन् २०१८ मा मस्कलाई ५६ अर्ब डलर सम्मको तलब सुविधा दिने प्रस्ताव ल्याएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *