खेलकुद

एनपीएल : टस जितेर विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन् । विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

यो सँगै दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्सले ब्याटिङ गर्ने भएको छ । जारी एनपीएलमा सुदूरपश्चिमको यो पहिलो खेल हो भने विराटनगरको यो दोस्रो हो । विराटनगर उद्घाटन खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । सुदूरपश्चिम आफ्नो पहिलो खेल खेल्दैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *