काठमाडौं ।राहदानी दुरुपयोगको अनुसन्धानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मुद्दा नचलाउने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदन सोमबार पेशीमा चढेको छ।
महान्यायाधिवक्ताको कार्यालय र लामिछाने विरुद्धको निवेदन न्यायाधीशहरु हरि फुयाल र नृपध्वज निरौलाको इजलासमा पेशीमा परेको हो।
अमेरिकी राहदानी प्रयोग गरिरहेको अवस्थामा लामिछानेले नेपालबाट राहदानी बनाएको र त्यसको प्रयोग गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।
प्रहरीले मुद्दा नचल्ने भनी तयार पारेको राय सरकारी वकिल कार्यालयले अनुमोदन गरेको थियो। र, तहगत हुँदै तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ मा मुद्दा नचल्ने निर्णय गरेका थिए।
त्यही निर्णयका विरुद्ध २०७९ चैत २० मा दायर भएको रिट निवेदन पटकपटक सर्दै आएको छ ।