![](https://www.sankalpakhabar.com/wp-content/uploads/2024/01/Donald-Trump-ed2024-01-19-10-01-39.jpeg)
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनलाई माफी दिएकोमा प्रतिक्रिया दिएका छन्।
ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन् , “के जो बाइडेनले हन्टरलाई दिएको माफीमा वर्षौंदेखि जेलमा रहेका जनवरी ६ का कैदीहरू पनि समावेश छन् ? यो न्यायको स्पष्ट दुरुपयोग हो।”
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना छोरा हन्टरलाई दुई आपराधिक मुद्दामा माफी दिएका छन् ।
उनका छोरा हन्टर बाइडेनलाई कर छली र अवैध बन्दुक राखेको मुद्दामा दोषी ठहर गरिएको थियो।