काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सका ओनपिङ ब्याटर मार्टिन गप्टिलले अर्धशतक हानेका छन् । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको जनकपुर बोल्ट्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरका लागि गप्टिलले अर्धशतक प्रहार गरेका हुन् ।
न्युजिल्यान्डका गप्टिलले ५५ रन जोडे । उनले ४३ बलमा ७ चौका र १ छक्का प्रहार गरेर आउट भए । यद्यपी विराटनगरले तीन विकेट गुमाइसकेको छ । विराटनगरको ओपनर लोकेश बम ५ रन बनाएर खेलिरहँदा दोस्रो ओभरमा ललित राजवंशीबाट बोल्ड भए ।
नवौं ओभरमा विराटनगरले दोस्रो विकेट गुमायो । ओमानी ब्याटर अकिब इल्यासलाई १५ रनमा मोहमद मोहसिनले एलबिडब्लूको धरापमा पारे । तेस्रो विकेटको रूपमा निकोलास किर्टोन आउट भए । उनलाई १२औं ओभरको अन्तिम बलमा हर्ष थाकरले आउट गरे । आउट भएका किर्टोन र विकेट लिने थाकर दुवै क्यानडाका हुन् ।




