देश

बाराको रामराजा क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ

बारा । रामराजा बहुमुखी क्याम्पस, बाराका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत ३२ जेठमा भएको कुशवाहा हत्याका आरोपी सुरेन्द्र कुशवाहालाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले पक्राउ गरेको हो ।

कुशवाहाले जग्गा सम्बन्धी विवादमा कुशवाहाको गाली हानी हत्या गरेको बताइएको छ । क्याम्पस प्रमुख कुशवाहाको हत्यामा सुरेन्द्र सहित १७ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका कुशवाहालाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

बाराको आदर्शकोतवाल गाउँपालिका(३, बतरामा क्याम्पस प्रमुख कुशवाहा माथि गोली प्रहार भएको थियो । गम्भीर घाइते उनलाई तुरुन्तै बयोधा अस्पताल, वीरगञ्ज लगिएको थियो । त्यसबेला उनले गोली प्रहारमा सुरेन्द्रको संलग्नता रहेको बताएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *