विश्व

इजिप्टको लालसागरमा पर्यटक बोकेको डुंगा डुब्दा १६ जना बेपत्ता

इजिप्टको लालसागरमा पर्यटक बोकेको डुंगा डुब्दा १६ जना बेपत्ता भएका छन् ।

बेपत्ता मध्ये २ जना बेलायती, ३ जना फिनल्याण्डका र चार इजिप्टियन नागरिक सहित अन्य रहेका छन् । डुंगामा सवार २८ जनाको उद्धार गरिएको छ । १३ जना चालकदलका सदस्य सहित ४४ यात्रु सवार उक्त डुंगा पानीको छाल भित्र परेर पल्टेको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार दुर्घटनामा हराइरहेकाहरुको खोजी कार्यका लागि सबै संयन्त्र परिचालन गरिएको छ । उद्धार गरिएकाहरु सो क्षेत्रको एल–गेमलमा फेला परेका हुन् । हावाको गति तेज भएका कारण समुद्री छाल बढेर दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

खराब मौसमका कारण सामुद्रिक गतिविधिहरू नगर्न मौसम विद्हरुले चेतावनी जारी गरेकै बेला सो दुर्घटना भएको समाचारमा उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *