
काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका राजमान महर्जनलाई समर्थन गर्न धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ कीर्तिपुर आइपुगेका छन् ।
कीर्तिपुर आएर साम्पाङ महर्जनका लागि भोट माग्दै घरदैलोमा पुगिरहेका छन् ।
आफू जस्तै राजमान पनि काममा विश्वास गर्ने भएकाले समर्थनका लागि आएको उनले बताए ।