देश

नेपाल प्रहरीका आठ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक [डिआइजी] बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीको बढुवा समितिको सचिवालयले आइतबार साँझ बढुवा हुने प्रहरी अधिकृतहरूको नाम सार्वजनिक गरेको हो । 

बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईका अनुसार ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह, सुशील सिंह राठौर, उमा प्रसाद चतुरवेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर विक रहेको छ । उहाँहरूलाई आइतबार नै बढुवा समितिको बैठकले निर्णय गरी बढुवा गरेको हो । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *