विश्व

रुसी आक्रमणको धम्की पछि युक्रेनी संसदको बैठक स्थगित

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्चिमा मुलुकलाई चेतावनी दिएपछि रूसी क्षेप्यास्त्र आक्रमण हुन सक्ने भन्दै युक्रेनले शुक्रबार संसद् बैठक स्थगित गरेको छ ।

रूसी ड्रोन र क्षेप्यास्त्रको निशानामा पर्ने आक्रमणको त्रासमा किभ स्थित युक्रेनी संसद्ले सरकारलाई सोध्ने भनिएको सामान्य प्रश्नहरूको कार्यक्रमलाई रद्द भएको हो । किभको मध्ये क्षेत्रमा रहेको संसद् सँगै राष्ट्रपति, केन्द्रीय बैंक र अन्य सरकारी भवनहरू छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राजधानीका अन्य भागको तुलनामा यो अहिले सम्म बम विस्फोट बाट जोगिएको छ । रुसले युक्रेन माथि ३३ महिना लामो आक्रमण पछि यसै साता निप्रो शहरमा आणविक क्षमताको मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरे सँगै तनाव थप बढेको हो ।

शुक्रबार पुटिनले पश्चिमा मुलुक माथि आक्रमण गर्ने धम्की दिँदै आफू जस्तो सुकै परिस्थितिका लागि पनि तयार रहेको बताएको सम्बोधनलाई अमेरिका लक्षित ठानिएको छ । अमेरिका र बेलायतले किभलाई रूसी भूमिमा आक्रमण गर्न अनुमति दिएका देशहरू माथि आक्रमण गर्ने अधिकार रुस सँग सुरक्षित रहेको पुटिनले बताएका थिए ।

नेटो र युक्रेनी अधिकारीहरूले ब्रसेल्समा मङ्गलबार बैठक गर्ने तयारीमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *