विश्व

पाकिस्तानमा बसमा आक्रमण हुँदा ४० जनाको मृत्यु

पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको आदिवासी क्षेत्रमा अज्ञात बन्दुकधारीहरुले यात्रु बाहक बस माथि गरेको आक्रमणमा ४० जनाको मृत्यु भएको छ ।

बन्दुकधारीको आक्रमण बाट थप १६ जना गम्भीर घाइते भएको छन् । अफगानिस्तान सँगको सीमा नजिकै पर्ने कुर्रम जिल्ला हुँदै गइरहेको करिब २ सय यात्रुबाहक सवारी साधनको जत्था माथि बन्दुकधारीहरुले आक्रमण गरेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भूमिको स्वामित्वलाई लिएर सो क्षेत्रमा दशकौं देखि शिया र सुन्नि मुश्लिम हतियारधारी समूह बीच विवाद रहँदै आएको छ । घटनाको जिम्मेवारी अहिले सम्म कुनै समुहले लिएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *