खेलकुद

नेपालको शानदार बलिङ, ८३ रनमा रोकियो युएई

काठमाडौँ । युएईले जारी यू-१९ महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गतको खेलमा नेपाललाई ८४ रनको लक्ष्य दिएको छ ।

जित्नै पर्ने अवस्थामा रहेको नेपालले शानदार बलिङ गर्दै युएईलाई ८३ रनमा रोकेको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ९ विकेट गुमाउदै ८३ रन बनाएको हो । नेपालका लागि बलर क्रिश्मा गुरुङले ४ विकेट लिएकी थिइन् भने सिमाना केसी र रिया शर्माले २-२ विकेट लिएकी थिइन् ।

अब नेपालले युएईलाई १६.२ ओभरमा पराजित गरेमा विश्वकपमा छनौट हुने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *