
काठमाडौं । मानव तस्करीमा संलग्न आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव तस्करीमा थप दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
ओखलढुङ्गाका नवीन राई र गुड्ड्री राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए । यससँगै यो घटनामा पक्राउ पर्नेको सङ्ख्या ९ पुगेको उनले बताए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पूर्वमन्त्री अधिकारी प्रहरी हिरासतमा छन् ।