देश

रामपुरका ३०७ जना किसानलाई अनुदानमा गहुँको बीउ वितरण

पाल्पा । रामपुर नगरपालिकाका किसानलाई अनुदानमा गहुँको बीउ वितरण गरिएको छ ।

१ हजार ६ सय २८ किलो गौतम, ५ हजार ८ सय ३२ किलो विजय जात गरी जम्मा ७ हजार ४ सय ६० किलो गहुँको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए । रामपुरका ३०७ जना किसानले अनुदानमा गहुँको बीउ प्राप्त गरेका छन् ।

नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई बीउ उपलब्ध गराएको छ । सार्वजनिक सूचना जारी गरी किसानको मागका आधारमा बीउ उपलब्ध गराइएको कृषि शाखाले जनाएको छ । नगरपालिकाको अनुदान सहयोगमा बीउ पाएपछि किसानमा उत्साह थपिएको मथुरा ढकालले बताए ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गरी किसानको मागका आधारमा धान, गहुँ, मकै लगायत बीउबिजन वितरण गर्दै आइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *