
काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीको राजीनामा स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लोहनीको राजीनामा स्वीकृत गरेको हो । उनले स्वास्थ्यको कारण देखाएर राजीनामा दिएका थिए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सोमबार मन्त्रालयमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा लोहनीको राजीनामा स्वीकृत गर्ने निर्णयबारे जानकारी दिए । लोहनीलाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० मंसिरमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । लोहनीले गत भदौमा राजीनामा दिएका थिए ।
त्यस्तै बैठकले भन्सार महशुल नियमावली, २०८१ र राहदानी (दोस्रो संशोधन) नियमावली, २०८१ पनि स्वीकृत गरेको छ। मन्त्रिपरिषद् विधेयक समितिबाट सुझावसहित आएका ती विधेयकहरु पनि मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको मन्त्री गुरुङले जानकारी दिए ।