खेलकुद

यू-१९ महिला विश्वकप छनोटमा कुवेतसँग भिड्दै नेपाल

काठमाडौँ । यूएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल दुबईस्थित दी सेभेन्स स्टेडियममा नेपाली समय अनुसार बिहान साढे ११ बजे सुरु हुनेछ ।

पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ ।

नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड ३५ रनमै समेटियो । नोभेम्बर १४ सम्म चल्ने छनोटमा आयोजक युएईसँगै नेपाल, कुवेत र थाइल्याण्डले डबल राउण्ड रोबिनमा प्रतिस्पर्धा गर्दैछन् ।

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *