खेलकुद

साफ महिला च्याम्पियनसिप फाइनल : रंगशालाको टिकट सकियो

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने साफ महिला च्यापियनसिपको फाइनलका लागि सबै टिकेट बिक्री भइसकेका छन् । उपाधि भिडन्त नेपाल र बंगलादेशबीच आज साँझ साढे ६ बजे दशरथ रंगशालामा हुँदैछ ।

नेपाल र भारतबीचको सेमिफाइनल खेलमा क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै एन्फाले माउन्ड एभरेस्ट स्पोर्टस एन्ड इभेन्टले प्राप्त गरेको टिकेट बिक्री अधिकार खारेज गरेको थियो ।

त्यसपछि एन्फा आफैंले जावलाखेल र त्रिपुरेश्वरबाट भौतिक रुपमा टिकट वितरण सुरु गरेको थियो । आज बिहानैदेखि समर्थकहरुले लामो लाइनमा बसेर टिकट लिएका छन् । कतिपय समर्थक निराश भएर घर फर्किए । टिकेट नपाउँदा आक्रोसित बनेको भीडलाई नियन्त्रणमा लिन पुलिसले सामान्य बलसमेत प्रयोग गर्नुपर्‍यो ।

यसैबीच, काठमाडौं महानगरपालिकाले दशरथ रंगशालामा फुटबल हेर्न टिकट नपाउने समर्थकका लागि काठमाडौंका ३ ठाउँमा प्रत्यक्ष फुटबल हेर्ने व्यवस्था मिलाएको छ । महानगरले टुँडीखेल, सानो गौचरण र चाबहिलको फुटबल मैदानमा एलईडीको व्यवस्थासहिति ठूलो स्क्रिनमा नेपाल र बंगलादेशबीच उपाधि भिडन्तको प्रत्यक्ष प्रसारण गर्ने जनाएएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *