कला/साहित्य

एमक्युब ग्यालरीमा दुई विदेशीका कला प्रदर्शन

काठमाडौं । नेपाली कला र यहाँको सांस्कृतिक सौन्दर्यप्रति आकर्षित भएका दुई विदेशी कलाकार यतिबेला ललितपुरस्थित एक्युब ग्यालरीमा एक महिनाको आवासीय कला कार्यशालामा व्यस्त छन् । अक्टोबरभरि उनीहरुले ग्यालरीमा रहेर स्वतन्त्र रुपमा कला सिर्जना गर्ने अवसर पाएका हुन् ।

ग्यालरीका प्रमुख मनिषलाल श्रेष्ठले अक्टोबर महिनाभर इरानका चित्रकार सोमायेह सादत मिराब्वासी र अस्ट्रियाका फोटोग्राफर अनिता फुचले कला सिर्जना गरिहेको जानकारी दिए । ‘उहाँहरु दुवै जना नेपालको कलाकृतिप्रति निकै उत्साहित हुनुहुन्छ’, उनले भने, ‘एक महिनामा उहाँलेहरुले सिर्जना गरेका कला ग्यालरीमा प्रदर्शन भएका छन् ।’

फुचले ‘शीर्षकविहीन’ शीर्षकको विचार भाव फोटोग्राफीमार्फत प्रस्तुत गरेका छन् भने मीराब्वासीले मनमोहक डिजिटल कला प्रस्तुत गरेका छन् । उनीका सिर्जनामा अनौठो दृष्टिकोण प्रतिबिम्वित भएका ग्यालरीका प्रमुख श्रेष्ठले बताए । मिराब्वासीको कलामा जीवनको सुक्ष्मताभित्र पनि गहिरो अस्थित्व महसुस गराउन खोजिएको पाइन्छ । ‘उहाँको कलाले वरपर पाइने, वस्तुहरु, जनावर, बोटबिरुवा, ढुङ्गालगायतको आफ्नै असाधारण तथा अस्तित्व रहेको सन्देश दिन खोजेको छ’, उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *