कोशी प्रदेश

मुटुरोग उपचार शैलजा आचार्य हृदय रोग केन्द्र,बिराटनगरबाट हुने गरी सम्झौता गर्ने मन्त्रीस्तरीय निर्णय गरेको छु : भूपेन्द्र राई

काठमाडौं । कोशी प्रदेशका भौतिक पुर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले कोशी प्रदेशमै मुटुसम्बन्धी सम्पूर्ण उपचार सेवा विस्तार गर्ने बताएका छन् । मन्त्री राईले भौतिक पुर्वाधार मन्त्रालयको ४२ दिनमा थप स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि बिहीबार शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बासबारी,काठमाडौं र शैलजा आचार्य हृदय रोग केन्द्र बिराटनगर,मोरंग विच सम्झौता गरेर शहिद गंगालाल राष्ट्रिय हृदयकेन्द्रमा हुने मुटुरोग सम्बन्धी सम्पुर्ण रोगको उपचार शैलजा आचार्य हृदय रोग केन्द्र बिराटनगरबाट हुने गरी सम्झौता गर्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् । मन्त्री राईले बिहीबार आफुले मन्त्रालयको जिम्मेवारी सम्हालेको पहिलो दिन गरेका निर्णय सामाजिक संजालमार्फत सार्वजनिक गरेका छन् ।

मन्त्री राईले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको पहिलो दिन गरेका निर्णय यस्ता छन् :

  • स्वास्थ्य मन्त्रीको हैसियतले
  • स्वास्थ्य मन्त्रीको पदभार गरेको दिन,पहिलो निर्णय शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बासबारी,काठमाडौं र शैलजा आचार्य हृदय रोग केन्द्र बिराटनगर,मोरंग विच सम्झौता गरेर शहिद गंगालाल राष्ट्रिय हृदयकेन्द्रमा हुने मुटुरोग सम्बन्धी सम्पुर्ण रोगको उपचार शैलजा आचार्य हृदय रोग केन्द्र,विराटनगरवाट हुने गरी सम्झौता गर्ने मन्त्रीस्तरीय निर्णय गरेको छु ।
  • भौतिक पुर्वाधार विकास मन्त्रीको हैसियतले
    (क ) हाम्रो प्रदेशका विभिन्न जिल्लाहरुमा झोलुङ्गे पुलको अत्याधिक माग रहेको छ । तर कति पय स्थानहरुमा झोलुङ्गे पुल भएको स्थान वरपरनै सडक पुल निर्माण भएको कारण त्यो झोलुङ्गे पुलको उपयोग भइरहेको छैन । त्यस्ता झोलुङ्गे पुलहरुलाई स्थानिय तहको माग र समन्वयको आधारमा उचित स्थानमा सार्ने मन्त्री स्तरिय निर्णय गरेको छु ।
    (ख) भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गत बर्षौं देखी अलपत्र परेका,रुग्न र ठेक्का सम्झौता नाघेको,नागरिकहरुले उपभोग गर्न नपाएका योजनाहरुको वारेमा अब देखी योजना स्थलमै सबै पक्ष उपस्थित भई नागरिकको माझमा छलफल र निर्णय गर्ने मन्त्री स्तरिय निर्णय गरेको छु । मन्त्री राईले जिम्मेवारीलाई परिणाममुखी बनाउन सम्पूर्ण उर्जा लगाएर काम गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *