देश

राष्ट्रपतिद्वारा कतारका लागि राजदूत नियुक्त

काठमाडौं । कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई राजदूत नियुक्त गरेका हुन् ।

पौडेललाई नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *