खेलकुद

अमेरिकाविरुद्ध आसिफ शेखको अर्धसतक

काठमाडौं । अमेरिकाविरुद्ध टी-ट्वेन्टी शृंखलाको तेस्रो तथा अन्तिम खेलमा आसिफ शेखले अर्धसतक पुरा गरेका छन् । अमेरिकाले दिएको १ सय ५७ रनको चुनौती पछ्याउने क्रममा शेखले ३८ बल ५० रन पुरा गरेका हुन् ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा जारी खेलमा यो समाचार थयार पार्दासम्म नेपालले १० ओभरको समाप्तीमा १ विकेट गुमाएर ८३ रन जोडेको छ । अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो ।

अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ५६ रन जोडेको हो । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने रिजन ढकाल र ललित राजवंशीले समान १-१ विकेट लिए । एक खेलअगावै शृंखला जितेको नेपालको लक्ष्य क्लिन स्विप गर्ने रहेको छ ।

आईसीसी विश्वकप लिग टू अघिको सिरिजबाट नेपाली टोलीले लयमा फर्किएको सन्देश दिएको छ। सिरिजको पहिलो खेल १६ रनले जितेको नेपालले आइतबार विहान भएको दोस्रो खेल सुपर ओभरमा जितेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *