काठमाडौं । कोशी प्रदेशका भौतिक पुर्वाधार तथा यातायातमन्त्री भुपेन्द्र राईले प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयको नेतृत्व गरेको २४ दिनमा पत्रकार सम्मेलन गरेर कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका कार्यालय अन्तर्गत रहेका, अलपत्र परेका योजनाहरु सडक ,सडक पुल,अहिलेसम्मको बेरुजुको अबस्था,बहुवर्षीय सडक र सडक पुल सम्बन्धि विवरण, प्राकृतिक प्रकोपले पु¥याएको क्षतिको बिवरण सार्वजनिक गरेका छन् । भौतिक मन्त्री राईले आइतबार पत्रकार सम्मेलन गरेर उक्त विवरण सार्वजनिक गरेका हुन् ।
मन्त्री राईले सार्वजनिक गरेको विवरण अनुसार जम्मा ७२ वटा बहुवर्षीय सडक योजनामध्ये हालसम्म १३ वटा सम्पन्न भएका छन् । यस्तै ५८ वटा योजना संम्पन्न हुन् बाकी छन, त्यस मध्ये १९ वटा योजना संकटग्रस्त रहेका छन् । यस्तै ४३ वटा बहुवर्षीय सडक पुल योजनामा हालसम्म ११ वटा योजना सम्पन्न भएकाा छन् भने ३५ वटा योजना संम्पन्न हुन् बाकी छन् । त्यसमध्ये १२ वटा योजना संकटग्रस्त रहेका छन् ।
मन्त्री राईले पत्रकार सम्मेलनमार्फ सार्वजनिक गरेको विवरण सामाजिक संजालमा सार्वजनिक गरेका छन् ।
कोशी प्रदेशका भौतिक पुर्वाधार तथा यातायातमन्त्री भुपेन्द्र राईले पत्रकार सम्मेलन पश्चात सार्वजनिक गरेका तथ्याङ्क यस्ता छन् :
प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयको नेतृत्व गरेको आज २४ दिन पुरा भएको छ ।कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका कार्यालय अन्तर्गत रहेका, अलपत्र परेका योजनाहरु सडक ,सडक पुल,अहिले सम्मको बेरुजुको अबस्था,बहुवर्षीय सडक र सडक पुल,DPR सम्बन्धि विवरण, प्राकृतिक प्रकोपले पुर्याएको क्षतिको बिबरण आज मिति २०८१-०६-२० गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छु ।
१.बहुवर्षीय सडक योजना जम्मा ७२ वटा हाल सम्म सम्पन्न भएको योजना १३ वटा र संम्पन्न हुन् बाकी योजना ५८ वटा छन, त्यस मध्ये १९ वटा योजना संकटग्रस्त रहेका छन् ।
२.बहुवर्षीय सडक पुल योजना जम्मा ४३ वटा हाल सम्म सम्पन्न भएको योजना ११ वटा र संम्पन्न हुन् बाकी योजना ३५ वटा छन, त्यस मध्ये १२ वटा योजना संकटग्रस्त रहेका छन् ।
३.मन्त्रालय र मातहातका कार्यालयको बेरुजु जम्मा दुई अर्व उनन्चालीस करोड आठ लाख असी हजार सात सय दुई रुपैया एक्काइस पैशा रहेको छ । असुलउपर गर्नु पर्ने जम्मा छतीस करोड एकाउन्न लाख चौहत्तर हजार नौ सय चालिस रुपैया अठाइस पैशा रहेको छ ।
४. मन्त्रालय र मातहातका कार्यालयबाट आ.वा. २०७५-२०७६ देखि आ.वा. २०८०-२०८१ सम्म जम्मा ७८४ वटा योजना DPR र IEEभएको छ,यसमा जम्मा ३७२ वटा योजना कार्यान्वयनमा गएको र ३०८ वटा कार्यान्वयन गएका छैनन् ।
५. मन्त्रालयमा प्राप्त क्षेतीको विवरण अनुसार जम्मा सडक १०१ वटा, सडक पुल जम्मा १५ वटा, र झोलुंगे पुल २५ वटामा आंसिक र पूर्ण क्षेती भएको छ । यो संरचना पुन: निर्माण गर्न रू ५ अर्व ६६ करोड लाग्ने साथै यस मध्ये तत्काल मर्मत तथा निर्माण गर्नु पर्ने ६० वटा सडक, १५ वटा सडक पुल र १७ वटा झोलुंगे पुल रहेका छन । जसको लागि बजेट रू १ अर्व २ करोड ५० लाख लाग्ने अबस्था छ ।
मन्त्री राईले अलपत्र परेका,समस्या ग्रस्त,ठेक्का सम्झौता अनुसार काम सम्पन्न नगरी म्याद नाघेका योजनाहरुको बारेमा समस्या समाधानका लागी छलफल मन्त्रालयमा भन्दा पनि योजना स्थलमा नै गर्ने र त्यही नै समाधान खोज्ने र टुंगो लगाउने गरी अगाडी बढ्ने जानकारी गराएका छन् ।








