काठमाडौं । कोशी प्रदेशका भौतिक तथा पुर्वाधारमन्त्री भुपेन्द्र राईले बाढी पहिरो क्षतिग्रस्थ स्थानको अवलोकन गरेका छन् । बिहिबार मन्त्री राई अविरल बर्षाको कारण कोशीले बगाएको फोक्सिङटारमा निर्माण भएको मोटरेबल पुल र सगरमाथा लोकमार्ग अन्तर्गत उदयपुर खण्डको निरीक्षण गर्न गाइघाट (दिक्तेल सडक कार्यलयका इन्जिनियरहरु सहित बाढी पहिरो प्रभावित क्षेत्र पुगेर अवलोकन गरेका हुन् । मन्त्री राईले बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेर दुःख व्यक्त गर्दै निरीक्षण र अनुगमन पश्चात प्रभावित क्षेत्रको मर्मत सम्भार गरी सवारी आवगमन गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।
भौतिक पूर्वाधारमन्त्री राईले अनुगमन पश्चात अविरल वर्षाका कारण प्रभावित बनेको गाईघाट–दिक्तेल सडकको मर्मत,सरसफाई गर्न र फोक्सिङटार देखी रसुवाघाट सम्म सडक मर्मत सम्भार तीन दिनभित्र सक्न सम्बन्धित कार्यलयलाई निर्देशन दिएको संकल्प खबरलाई जानकारी दिए । कोशीको पानीको बहाब घट्ना साथ बेलिब्रिज जोड्नको लागी आजैदेखी प्रकृया शुरु गर्न सुझाएको मन्त्री राईले बताए ।
मन्त्री राईले बगाएको पुल निर्माण व्यवसायीले ठेक्का सम्झौता अनुसार सम्पन्न गरि नसकेको कारण सरकारलाई हस्तान्तरण भईनसेको हुनाले अबको प्रकृया र पुल चाँडो भन्दा चाँडो बन्ने शुनिस्चितताको लागी आबस्यक पहल गरी सकिएको समेत जानकारी गराएका छन् ।










