देश

पहिरोले भैंसे–भीमफेदी सडक अवरुद्ध

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–४ रातोमाटेमा पहिरोका कारण भैँसे–भीमफेदी सडक अवरुद्ध बनेको छ ।

आज बिहान खसेको पहिरोका कारण उक्त सडकमा यातायात सेवा अवरुद्ध भएको भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले जानकारी दिए । “पहिरो पन्छाउने कार्य भइरहेको छ । तर ठूलो पहिरो खसेका कारण सम्भवतः मङ्गलबारसम्म यातायात सञ्चालन हुन सक्छ”, उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *