देश

हात्तीबनमा भ्वाङ पर्दा बस फस्यो

काठमाडौं । दुई दिनदेखिको लगातारको वर्षाका कारण ललितपुरको सातदोबाटोबाट गोदाबरी जाने सडकमा भ्वाङ परेको छ ।

प्रहरीका अनुसार ललितपुरको हात्तीबनमा पार्किङ गरिराखेको बस भ्वाङमा खसेको छ । शनिबार दिउँसो उक्त बसलाई बाहिर निकालिएको छ । छेउमा रहेको ढल भत्किएका कारण सडकमा भ्वाङ परेको छ ।

सोही सडक खण्डको हात्तीवनमै अर्को पनि भ्वाङ परेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *