राजनीति

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असोज १३ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

समसामयिक विषयमा छलफल गर्न उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार दिउँसो २ बजे बोलाएका हुन् ।

बैठक देउवाको निवास धुम्बाराहीमा बस्ने कांग्रेस पार्टी कार्यालयका का.वा.मुख्य सचिव डा. प्रदिप पराजुलीले जानकारी दिए ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरु रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *