देश

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो ।यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *