
काठमाडौं । सैबु खानेपानी तथा सफाई उपभोक्ता समितिको अध्यक्षमा दीपक थापामगर निर्बिरोध निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न सातौ अधिवेशनले उहाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्य समितिको उपाध्यक्ष,सचिव,सहसचिव,कोषाध्यक्ष, सह कोषाध्यक्षमा क्रमशः विनोद कुँवर, विसुराम थापा, निरु कुँबर, धनश्याम थापामगर र नारायण थापा चयन भएका ह्न ।
कार्यसमितिको सदस्यहरुमा गंगादेवी खड्का, सुदर्शन कुँबर, भगवती थापा, लक्ष्मी केसी,सुरेश थापा, शेषानन्द सञ्जेल र भगवती सापकोटा चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष थापामगरले अघिल्लो कार्यसमितिले गरेको प्रतिबद्धता कार्यान्वयन गर्ने बताए । कार्यक्रममा ललितपुर महानगरपालिका –१८का वडा अध्यक्ष दामोदर खड्काले वडाका ४० प्रतिशत जनसंख्यालाई खानेपानी आपुर्ति गरेर उत्कृष्ठ कार्य गरेको बताउनुभयो । उहाले वडाको चालु आबको बजेटमा ८ लाख रुपिया अनुदान दिएको जानकारी दिए ।
उनले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष नवराज कुँबरले आफ्नो दुई कार्यकालमा खानेपानी वितरण र व्यस्थापनलाई सुधार गरेको जानकारी दिए । उनले भने,‘समितिले आगामी वर्ष नया बोरिङ गर्ने, पानी वितरण सेवालाई सहज पार्न २ लाख लिटर क्षमताको नया रिजर्भ ट्याङकी निर्माण गर्न पहल गर्ने, पानी वितरण प्रणालीलाई ब्यावसीक रुपमा सञ्चालन गर्ने, सय केभिएका ट्रान्सफर्मर जडान गर्ने र रिजर्भ ट्याङकी भएको स्थानमा थप पानी फिल्टर गर्न फिल्टर प्लान्ट जडान गर्ने बताए ।
बिसं २०६६ सालमा सैबु खानेपानी तथा सररफाई उपभोक्ता समिति गठन भएको थियो । त्यसको ४ वर्षपछि २०७० सालमा जिल्ला जलस्रोत समितिमा दर्ता भएर काम शुरु गरेका थियो । लगत्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र सैबु खानेपानी तथा सरसफाई उपभोक्ताबीच सम्झौता भएर सैबु खानेपानी आयोजना शुरु भएको थियो । समितिले हालसम्म ४ सय १९ घरधुरी र ७ सार्बजनिक धारा जडान गरेको थियो ।
कार्यक्रममा समाजसेवी गोपालराम पौडेलले समितिले खानेपानी विरण प्रणालीलाई थप व्यवूिस्थत बनाउनुपर्ने बताए । वालकुमारी सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष किशोर कुँबर, अघिल्लो कार्यकालका सचिव विसुराम थापा, दीपक थापा , घनश्याम थापा मगरले आ–आफ्नो धारणा राखेका थिए।