खेलकुद

विनयराज पाण्डे लाइफ टाइम अवार्डबाट सम्मानित

काठमाडौं । नेपालमा क्रिकेटको विकासलाई उच्च तहमा पु¥याउन महत्वपूर्ण योगदान गरेका विनयराज पाण्डेलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् ।

शुक्रबार नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोर्टस् अवार्डमा नेपाल क्रिकेट संघ(क्यान)का पूर्वअध्यक्ष पाण्डेलाई उक्त अवार्ड प्रदान गरिएको हो । जयकुमारनाथ शाहको नेतृत्वमा क्रिकेट संघ स्थापना गरिएको थियो । स्थापना कालमा पाण्डे महासचिव थिए ३८ वर्षसम्म महासचिव रहेका उनले २००५ देखि २०११ सम्म अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

नेपाल क्रिकेटको विकासको श्रृखला पाण्डे क्रिकेट संघको नेतृत्वमा हुँदा तयार भएको थियो । नेपाली क्रिकेटको अन्तराष्ट्रिय सम्बन्ध स्थापनामा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *