देश

पृथ्वी राजमार्गको मौवा खोला मुग्लीन सडक खण्ड अवरुद्ध

धादिङ । चितवनको ईच्छाकामना गाउँपालिका स्थित वडा नम्बर ३ स्थित फिस्लीङ्गबाट तिन किलो मिटर काठमाण्डौतर्फ खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मौवा खोला मुग्लीन सडक खण्ड अवरुद्ध भएको छ ।

सडक भन्दा माथिबाट ठुलो ढुङ्गा सहितको सुख्खा पहिरो खस्दा सो सडक अवरुद्ध भएको छ ।सडकको पहिरो पन्छाउनका लागी केही समय लाग्ने सडक विभागले जनाएको छ । सडकमा खसेको ढुङ्गा सहितको पहिरोका कारण दुबईतर्फको सवारी आगमन ठप्प रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *