
काठमाडौं । बर्दियामा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाका मधुवन नगरपालिका–६ स्थित डल्ला सामुदायिक वनमा गैँडाले आक्रमण गर्दा ‘नेचर गाइड’ ठाकुरबाबा नगरपालिका(९ बस्ने ३५ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । गैँडाको आक्रमणबाट अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन्। घाइतेहरुको अहिले भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको सेनाले जनाएको छ।