खेलकुद

पारालिम्पिकमा काश्य पदक विजेता पलेशालाई प्रधानमन्त्री ओलीको बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिसमा जारी पारालिम्पिकमा ऐतिहासिक काश्य पदक जितेकी नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा पलेशालाई बधाई दिएका हुन् ।

पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै पलेशाले काश्य पदक जितेकी हुन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *