खेलकुद

एनपीएल खेल्ने ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) सहभागी ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ ।

आगामी नोभेम्बर ३० देखि २१ डिसेम्बरसम्म काठमाडौंमा हुने एनपीएलको टोलीको नाम पाँचवटाको सहर र तीनवटाको प्रदेशको नामबाट राखिएको छ ।

काठमाडौं, विराटनगर, जनकपुर, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम एनपीएलमा सहभागी फ्रेन्चाइज टोली रहने भएका छन् ।

लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशका नाममा रहेका छन् । अन्य सहरबाट नामाकरण भएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *