देश

नेपालमा अझै पनि दाइजो प्रथा !

काठमाडौं । नेपालको तराईका जिल्लाहरुमा अझै दाइजो प्रथाको अन्त्य हुन सकेको छैन् । अहिले पनि महिलाहरुले दाइजोका निहँमा हरेक पीडा भोग्नु परेको छ । सरकारले नेपालमा विगतामा नै दाइजो प्रथाको अन्त्य भएको घोषणा गरेपनि समाजमा अहिलेसम्म वास्तविक रुपमा अन्त्य हुन सकेको छैन् । सर्लाहीकी कञ्चन रौनियारले दाइजोको निहुँमा आफूमाथि अमानवीय घटना भएको भन्दै श्रीमान्‌विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छिन् ।

कञ्चनको सर्लाहीको हरिवन नगरपालिका–९ का रोहित गुप्तासँग १० असार २०७९ मा भएको विवाहलगत्तै गुप्ताको परिवारले दाइजोको निहुँमा कञ्चनलाई यातना दिन सुरु गरेपछि उनले प्रहरीमा उजुरी दिएकी हुन् । कञ्चनले उल्लेख गरेअनुसार जाहेरीमा विवाहकै समयमा माइती पक्षले १५ लाख रुपैयाँ र करिब १८ लाख बराबरको गरगहनासँगै घरायासी सामान पनि दाइजो दिएको थियो । तर, विवाहको दुई महिनापछि नै फेरि उनीसँग ५० लाख रुपैयाँ माग गरिएको थियो ।

२०७९ को छठ पर्वपश्चात् उनलाई घरबाट निकालेपछि अहिले उनी माइतमा बस्दै आएकी छिन् । कञ्चनको माइतीले ६ लाख रुपैयाँ नगद र १० लाख रुपैयाँ चेकमार्फत दिएको कुरा उनले जाहेरीमा उल्लेख गरेकी छन् । यति हुँदा पनि गुप्ताको परिवारले आफूलाई कुटपिट गर्ने र निरन्तर दुव्र्यवहार गर्ने गरेको कञ्चनले जाहेरीमा उल्लेख गरेकी छन् । नगरपालिकाको न्यायिक समिति र स्थानीय प्रहरीले समेत सहयोग नगरेको कुरा उनले जाहेरीमार्फ खुलाएक िछिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *