राजनीति

अपराधीहरूलाई सार्वजनिक रुपमैँ कारबाही गर्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अपराधीहरुलाई सरकारले सार्वजनिक रुपमैँ कारबाही गर्नुपर्ने बताएका छन्् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा उनले यस्तो बताएका हुन उनले इमान्दारी भएर लाग्न सकेको अवस्थामा मात्र इमान्दारीताका साथ काम गर्नुपर्ने बताएका छन् ।

अपराधीहरुलाई कसैले पनि संरक्षण गरे नयाँ पुस्तालाई प्रभाव पार्ने र नेपाली समाजलाई बिर्गार्ने भएकाले यसलाई हटाउन लागि सबैले पहल र जिम्मेवारी बहन गरेर काम गर्नुपर्ने उनको भनाइ छ । कुनै चुनौतिलाई स्वीकार गर्नसके सबै कुरामा सफल हुन सकिने बताए। लागुपदार्थ दुव्र्यसनी र दुव्र्यसनीका व्यापारजन्यहरुको सञ्जाल देखिएको भन्दै त्यसलाई कुनै रुपमा समाप्त पार्नुपर्नेमा सरकारले जोड दिनुपर्ने उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *