देश

पाँचथर बिस्फोटको घटनाका दोषीलाई कारबाही गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पाँचथरको फालेलुङ गाउँपालिका– ५ डाँडागाउँमा बम बिस्फोटमा दुई बालबालिकाको मृत्यु भएको घटनाको अनुगमन सुरु गरेको छ ।

बिहीबार स्थानीय आइतराज केरुङको घरमा बम बिस्फोट हुँदा दुई वर्षीया न्साप्रि वा साँर ११ वर्षीय दिप्सन साँवाको मृत्यु भएको थियो । त्यस्तै १० वर्षीय पवन राई र ७ वर्षीय दिपसन राई घाइते भएका थिए । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गरी उक्त घटनाको शीको प्रदेश कार्यालयले अनुगमन सुरु गरेको जानकारी दिएको छ ।

आयोगले उक्त बिस्फोट द्वन्द्वकालमा द्वन्द्वरत पक्षबाट जथाभावी छाडिएका विस्फोटक पदार्थ हुनसक्ने आशङ्का गरेको छ । आयोगले पटकपटक यस्ता विस्फोटक पद्धार्थ हटाउन र त्यसको प्रगति आयोगमा जानकारी गराउन सिफारिस गर्दा पनि यसरी बालबालिकाको ज्यान जानु दुःखद भएको समेत जनाएको छ ।

उक्त घटनाको निपपक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न, घाइतेको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन, घाइते तथा मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि आयोगले माग गरेको छ । यस्तै मानवअधिकार आयोगले यस्ता कार्यलाई निरुत्साहित पार्न समेत सरकारलाई आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *