देश

प्रहरी ऐनको मस्यौदा गृहबाट अर्थमा

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐनको मस्यौदा गृह मन्त्रालयबाट पारित भएर अर्थ मन्त्रालयमा पठाएको बताएका छन् । शुक्रवार मन्त्रालयमा पत्रकारहरूसँगको कुराकानीमा गृहमन्त्री लेखकले मस्यौदा गृहबाट पारित भएर अर्थमा गइसकेकाले चाँडो संसदमा प्रस्तुत गर्ने योजना रहेको बताएका छन् ।

केपी ओली नेतृत्वको मन्त्रिपरिषद् गठन भएको १ सय दिनमा प्रहरी ऐन संसदमा दर्ता गर्ने गृहमन्त्री लेखकले बताए । निर्वाचन सम्बन्धी ९ वटा कानुन एकीकृत गरेर एउटै कानुन बनाउने प्रक्रिया अघि बढेको गृहमन्त्री लेखकले बताए । सशस्त्र प्रहरी र अध्यागमन विधेयक पनि तयारीको चरणमा रहेको उनको भनाइ छ ।

प्रहरी चारित्रिक प्रमाणपत्र सम्बन्धी निर्देशिका स्वीकृत गरेर क्याबिनेट पठाएको बताउँदै गृहमन्त्री लेखकले
‘समय सापेक्ष कानुन निर्माण गर्ने र सम्बन्धित संस्थालाई कानूनद्वारा नै सञ्चालन मुख्य उदेश्य रहेको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *