खेलकुद

साफ यू–२० च्याम्पियनसीप: सेमिफाइनलमा नेपालले भुटानसँग खेल्ने

काठमाडौं । साफ यू २० फुटबल च्याम्पियनसीपको सेमिफाइनमा घरेलु टोलि नेपालले भुटानसँग खेल्ने भएको छ ।

एन्फा कम्पेलक्समा शुक्रबार भएको खेलमा भारतले माल्दिभलाई हराएपछि सेमिफाइनलमा नेपाल र भुटान खेल्ने पक्का भएको हो ।

नेपालले समुहको दुबै खेल जितेर अन्तिम ४ मा स्थान बनाएको थियो । नेपालको समूहबाट उपविजेता बनेको बंगलादेशले भारतसँग खेल्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *