
काठमाडौं । काठमाडौँको बुढानिल्कण्ठ स्थित आईतबारे साम्दायिक वन शिवपुरी बफर जोनमा विभिन्न प्रजातिका १२० वटा विरुवा रोपनको कार्य सम्पन्न भएको छ ।
साउन २७ गते शशिराज बज्राचार्यको संयोजकत्तवमा रोटरी ई–क्लब नेपालद्धारा आयोजित वृक्षारोपन कार्यक्रममा सहभागी ६० जनाको समुहले उक्त क्षेत्रमा वृक्षारोपन गरेका थिए । उक्त क्षेत्रमा रोपिएका विरुवाहरुमध्ये १०० वटा विरुवा डिभाजन वन कार्यालय काठमाडौं र २० बोट नाभा रिसोर्ट एण्ड रिट्रीटले सहयोग स्वरुप उपलब्ध गराएको थियो ।
नाभा रिसोर्ट एण्ड रिट्रीटले २० बोट धुपी उपलब्ध गराएको थियो भने डिभाजन वन कार्यालय काठमाडौंले सल्ला – ३० ,जाक्रान्डा –३०,धुपी –२०,लाकुरे –१०,कोईरालो प्रजातिका –१० बोट विरुवा उपलब्ध गराएको थियो ।



