देश

निमावि शिक्षकको भदौं ८ को परीक्षा केन्द्र सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले आगामी शनिबार (भदौ ८ गते) देखि सञ्चालन हुने निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला परीक्षा केन्द्र निर्धारण गरेको छ ।

शनिबार बिहान ११ बजेदेखि सञ्चालन हुने परीक्षाको केन्द्रगत उम्मेदवारको रोल नम्बरसहितको विवरण सार्वजनिक गरिएको आयोगले जनाएको छ । आयोगले जिल्लागत रूपमा परीक्षा केन्द्रको विवरण जारी गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *