जनै फेर्दै गरेका वटुक तथा सर्वसाधारणहरु (फोटोफिचर)
संकल्पखबर
३ भाद्र ०७:५९
174
काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।
यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ ।
पशुपतिनाथ मन्दिरमा जनैपूर्णिमाका दिन पूजाअर्चनाका लागि आएका भक्तजन पुरोहितबाट रक्षाबन्धन बाँध्दै । तस्बिर : हरिराम भेटुवाल / राससपशुपतिनाथ मन्दिरमा जनैपूर्णिमाका दिन सोमबार पूजाअर्चनाका लागि आएका भक्तजन । तस्बिर : हरिराम भेटुवाल / राससपशुपतिनाथ मन्दिरस्थित बागमती नदी किनारामा सोमबार जनैपूर्णिमामा स्नान गरि जनै फेर्दै भक्तजन । तस्बिर : हरिराम भेटुवाल / राससपशुपतिनाथ मन्दिरस्थित बागमती नदी किनारामा सोमबार जनैपूर्णिमामा स्नान गरि जनै फेर्दै भक्तजन । तस्बिर : हरिराम भेटुवाल / राससजनैपूर्णिमाका दिन सोमबार बिहान पवित्रस्थल देवघाटमा श्रावणी स्नान (गणस्नान) गर्दै पण्डित एवं पुरोहितहरु । गणस्नानमा सामूहिक रूपमा पुरोहितहरुद्वारा संकल्प एवं मन्त्रोच्चारण गर्दै पञ्चगव्य , भस्म, सप्तमृत्तिका, अपामार्ग आदिको लेप शरीरमा घस्ने गरिन्छ । स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिद्वारा जनै र रक्षाबन्धन धागो मन्त्रिने परम्परा रहेको छ । तस्बिर ः सनद अधिकारी÷राससजनैपूर्णिमाका दिन सोमबार बिहान पवित्रस्थल देवघाटमा श्रावणी स्नान (गणस्नान) गर्दै पण्डित एवं पुरोहितहरु । गणस्नानमा सामूहिक रूपमा पुरोहितहरुद्वारा संकल्प एवं मन्त्रोच्चारण गर्दै पञ्चगव्य , भस्म, सप्तमृत्तिका, अपामार्ग आदिको लेप शरीरमा घस्ने गरिन्छ । स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिद्वारा जनै र रक्षाबन्धन धागो मन्त्रने परम्परा रहेको छ । तस्बिर ः सनद अधिकारी÷राससजनैपूर्णिमाका दिन सोमबार बिहान पवित्रस्थल देवघाटमा श्रावणी स्नान (गणस्नान) गर्दै पण्डित एवं पुरोहितहरु । गणस्नानमा सामूहिक रूपमा पुरोहितहरुद्वारा संकल्प एवं मन्त्रोच्चारण गर्दै पञ्चगव्य , भस्म, सप्तमृत्तिका, अपामार्ग आदिको लेप शरीरमा घस्ने गरिन्छ । स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिद्वारा जनै र रक्षाबन्धन धागो मन्त्रने परम्परा रहेको छ । तस्बिर ः सनद अधिकारी÷राससजनैपूर्णिमाका दिन सोमबार बिहान पवित्रस्थल देवघाटमा श्रावणी स्नान (गणस्नान) गर्दै पण्डित एवं पुरोहितहरु । गणस्नानमा सामूहिक रूपमा पुरोहितहरुद्वारा संकल्प एवं मन्त्रोच्चारण गर्दै पञ्चगव्य , भस्म, सप्तमृत्तिका, अपामार्ग आदिको लेप शरीरमा घस्ने गरिन्छ । स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिद्वारा जनै र रक्षाबन्धन धागो मन्त्रने परम्परा रहेको छ । तस्बिर ः सनद अधिकारी÷रासस