देश

बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा काफ्ले नियुक्त

काठमाडौं । बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा अधिवक्ता शुकदेव काफ्ले नियुक्त भएका छन्।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिएका छन् ।

करिब तीन दशकदेखि निरन्तर कानुन व्यवसायीका रूपमा कार्यरत काफ्ले यसअघि पूर्वकानुन तथा न्यायमन्त्री स्वर्गीय भीमबहादुर तामाङ र पूर्वमहिला तथा समाजकल्याणमन्त्री लीला कोइरालाको सल्लाहकार समेत भएर काम गरिसकेका छन्।

नेपाल बार एशोसिएसनको सदस्य रहेका काफ्ले नेपाल बार एशोसिएसन र काठमाडौं जिल्ला बारका विभिन्न समितिहरुमा रहेर काम गरेका छन्। प्रजातान्त्रिक आन्दोलनमा सक्रिय सहभागीता जनाउँदै आएका काफ्लेले समसामयिक विषयवस्तुमा समेत कलम चलाउँदै आएका छन् । संकल्प खबर डटकममा लामोसमयसम्म काफ्लेले समसामयिक विषयमा स्तम्भ लेखन गर्दै आएका थिए । बागमति प्रदेशको मुख्य महान्यायाधिवक्तामा नियुक्त काफ्लेलाई संकल्प खबर डटकम परिवारको तर्फबाट सफल कार्यकालको शुभकामनासहित हार्दिक बधाई ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *