राजनीति

राष्ट्रिय सभामा आज प्रधानमन्त्रीसहित यी मन्त्रीले दिनेछन् जवाफ

काठमाडौं । राष्ट्रिय सभामा बिहीबार प्रश्नोत्तरको कार्यसूची छ। दिउँसो १ १५ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने सम्भावित कार्यसूची छ।

बैठकमा गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिFचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *