राजनीति

सेना समायोजन र हतियार व्यवस्थापन गर्दा माओवादी फुट्यो, देश बच्यो:प्रचण्ड

काठमाडौँ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वकालीन हतियार व्यवस्थापन र सेना समायोजन गर्दा माओजादी पार्टी विभाजन हुन पुगेको बताएका छन्।

आज बुधबार संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्नेक्रममा दाहालले यस्तो बताएका हुन्।

‘सेना समायाोजन गरे बापत, हतियार व्यवस्थापन गरेबापत मैले र मेरो पार्टीले क्षति बेहोर्नुपर्‍यो। पार्टी विभाजन हुन पुग्यो,’ उनले भने,’तर,देश बच्यो। देश शान्ति प्रक्रियामा गयो।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *