राजनीति

३० गते विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते विश्वास मत लिने भएका छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री शाहले सभामुख भीम बहादुर भण्डारीलाई पत्र पठाएका छन् ।

शाह साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले साथ दिएका छन् ।

५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात सांसद रहेका छन् ।

बहुमतका लागि २७ सांसद आवश्यक पर्ने सुदूरपश्चिममा एमाले र काँग्रेसकै सांसद सङ्ख्याले पनि बहुमत पुग्छ । त्यसै नागरिक उन्मुक्तिको मत थपिँदा दुई तिहाइ नजिक पुग्ने छ ।

तर लामो समयदेखि आन्तरिक किचलोमा रहेको नागरिक उन्मुक्तिका सांसदहरूले एक ढिक्का भएर मत दिन्छन् या विभाजित हुन्छन् भन्ने यकिन भइसकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *