राजनीति

माओवादी केन्द्र स्थायी कमिटी बैठक : आज पनि नेताहरूले धारणा राख्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको दोस्रो दिनको बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजोबाट सुरु भएको बैठक आज पनि जारी रहेको हो । वैठकमा चार एजेण्डामा छलफल केन्द्रित रहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

आजबाट नेताहरुले एजेण्डामा केन्द्रित रहेर आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ । हिजोको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक विकसित घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । स्थायी समिति बैठकअघि बसेको पदाधिकारी बैठकले एजेण्डा तय गरेको थियो । करिब ९ वर्षपछि प्रतिपक्ष भूमिकामा पुगेका माओवादीले समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा निर्णय लिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *