खेलकुद

काभा महिला भलिबल : आज नेपाल र इरान भिड्दै

काठमाडौँ । काभा महिला भलिबल नेसन्स लिगमा नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्दै छ । खेल साँझ ५ बजे सुरु हुनेछ ।

नेपाल लिगको उपविजेता बन्दै तेस्रो स्थानमा रहेको इरानसँग सेमिफाइनल खेल्न लागेको हो । यसअघि आइतबार भएको लिग चरणको खेलमा नेपाल इरानसँग ३-२ को सेटमा पराजित भएको थियो ।

आजको खेलमा नेपाल लिग चरणमा भोगेको हारको बदला लिने लक्ष्य सहित मैदानमा उत्रनेछ । उता इरान भने नेपालविरुद्ध लिग चरणकै नतिजा दोहोराउने प्रयासमा हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *