खेलकुद

अमेरिकाका लाइल्सले जिते १०० मिटरमा स्वर्ण

काठमाडौँ । जारी पेरिस ओलम्पिकको पुरुष सय मिटर दौडमा अमेरिकाका नूह लाइल्सले स्वर्ण पदक जितेका छन् । योसँगै उनी विश्वका सबैभन्दा छिटो दौडिने व्यक्ति बनेका छन् ।

उनले सय मिटरको दूरी ९.७८४ सेकेण्डमा पार गरेका हुन् । त्यस्तै जमैकाका किशाने थम्पसनले सो दूरी ९.७८९ सेकेण्डमा पार गरेर रजत पदक जिते भने अमेरिकाकै फ्रेड केर्लीले ९.८१ सेकेण्डमा पार गर्दै काश्य पदक जितेका छन् । लायल्सले पेरिस ओलम्पिक आउनुअघि एक सय र दुई समय मिटरका विश्व च्याम्पियन थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *