खेलकुद

काभा महिला भलिबल : आज नेपालले भारतको सामना गर्ने

काठमाडौं । सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा शनिबार नेपाल र भारत भिड्दै छन्।

खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा दिउँसो ३ बजे शुरु हुनेछ ।नेपालको यो दोस्रो खेल हो। भारत लगातार तेस्रो खेल हो।शुक्रबार भारतले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो।

नेपालले पहिलो खेलमा श्रीलंकालाई २५-१९, २५-१८, २५-१९ ले हराएको थियो। नेपाल र भारतसहित इरान, श्रीलंका र माल्दिभ्स प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्।प्रतियोगिता साउन २३ गतेसम्म चल्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *